काठमाडौँ । नेपालको कालाकारितामा लामो समय योगदान गरेका सुनील थापाको निधन भएको छ ।
हृदयाघातपछि शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको ७ः३० बजे निधन भएको हाे ।
अस्पतालका अनुसार थापाको अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो ।
चलचित्र चिनोको ‘राते काइला’ भूमिकाबाट बढी चर्चामा आएका थापा खलपात्रमा उत्कृष्ट अभिनय गर्ने कलाकार हुन् ।
थापाको मृत्युको खबरले नेपालको कलाकारिता क्षेत्र स्तब्ध छ भने सामाजिक संजालमा दुख व्यक्त भइरहको छ ।


प्रतिक्रिया दिनुहोस्