काठमाडौँ । भारतमा सुरु भएको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा दिउँसो ३ः१५ बजे खेलमा नेपाल र इङ्ल्यान्ड पहिलोपटक खेल्दैछन् ।
प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इङ्ल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड छन् ।
सनिवार भएको खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गरेर विजय सुरुवात गरेकोछ ।
विश्वकपमा नेपालको यो तेस्रो पटकको सहभागिता हो । यसअघि दुबै विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । टी–२० वरियतामा नेपाल १६औँ स्थानमा छ भनेस्रो स्थानमा रहेको इङ्ग्ल्यान्डसँग आज भिड्नेछ ।
प्रधानमन्त्री सुशिला कार्कीले नेपाली खेलाडीलाई शुभकामना दिएकी छिन् ।
उनले भनेकी छिन्, आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति।
तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार सफलताको आड रहको बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छिन्, इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः। अनि धेरै माया पनि ।


प्रतिक्रिया दिनुहोस्