२६ अंंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एकओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा रिडि पावर कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। । कम्पनीको ७७ करोड १९ लाख १८ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, मायाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.४० प्रतिशतले घटेको छ ।

कुल ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।