नेप्से ८ अंकले घट्यो, कारोबार रकम खुम्चियो


काठमाडौँ । साताको कारोबारको दास्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ६५ करोड ३ लाख २२ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज मध्य बुद्धभुमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.३८ प्रतिशतले घटेको छ ।

कुल ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।