काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभाकी सांसद रेणु चन्दले आसन्न निर्वाचनमा महिला उम्मेदवारहरुलाई विजयी बनाउने काममा जोड दिन राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।
सोमवार काठमाडौंमा आयोजित निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवन्धका लागि सम्वाद कार्यक्रममा बोल्दै उनले सो आवश्यता औँल्याएकी हुन । निर्वाचनमा राजनीतिक दलहरुले भाग लिने भएकाले उनीहरुले पुरुष उम्मेदवारहरुलाई जसरी नै महिला उम्मेदवारहरुलाई पनि विजयी गराउन लाग्नुपर्ने सांसद चन्दको तर्क छ ।
उनले महिला उम्मेदवारहरु उठेको निर्वाचन क्षेत्रमा समवेदनशील भएर काम गर्न निर्वाचन आयोगलाई पनि सचेत गराइन । महिला उम्मेदवारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण हुने भएकाले निर्वाचन आयोगले त्यसमा निगरानी राख्नुपर्ने सांसद चन्दले बताइन।
सांसद चन्दले राजनीतिक दलहरुले नीति निर्माणको तहमा महिलाहरुको सहभागिता गराउने कुरामा पनि विशेष ध्यान दिन आवश्यक रहेको बताइन । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्