काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार नेप्सेमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ५३ करोड ३६ लाख १४ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज साल्पा विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, सुपरमाई हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्