रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौंँ । रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा आज बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनसार दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो ।

११ जना यात्रुलाई लिएर बिहान दाङबाट हिंडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो ।