२९ हजार अमेरिकी डलर सहित ३ नेपाली पक्राउ


काठमाडौँ । २८ हजार ९०० अमेरिकी डलर सहित ३ जना नेपाली पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार पौने १२ बजे चाइना साउर्थनको उडान नं. सिजेड६०६८ द्वारा काठमाडौँबाट चीनको गोन्जाओ जान लागेका नेपाली अमेरिकी डलर सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँ नागर्जुनकी अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाकी संगीता लामा र विनोदा लामा पक्राउ परेका हुन् ।

अनिता र संगीताको साथबाट १० १० हजार र विनोदको साथबाट ८ हजार ९०० अमेरिकी डलर फेला परेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान हयाण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी एवं ब्यागेज स्क्रिनिङ गर्ने क्रममा उनीहरूले अमेरिकी डलरहरु बाहय मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारेको जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको जनाइएको छ ।