पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउपछि गृहमन्त्री गुरुङले भने,“अब देशले नयाँ दिशा लिने छ”


काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री सुधन गुरुङले धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही नभएको उल्लेख गरेका छन् ।

उनले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ प्रतिसोध नभएर न्यायको सुरुवात भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“कानुनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिने छ ।”