व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ


काठमाडौँ । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान गरिरहेको छ । ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले भट्ट पक्राउ गरेको पुष्टि गरे । उनले भने,“ उहाँलाई पक्राउ गरिएको छ । सम्पति शुद्धिकरण मुद्दामा पक्राउ गरिएको हो ।”

भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार मात्रै सम्पत्ति शुद्धीकरण विभागले अध्यागमनलाई पत्र पठाएको थियो ।