काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताएका छन्।
सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले सरकारले सुरुवातमा नै राम्रो छनक नल्याएको बताएका हुन् ।
उनले जनताको चुल्हो बल्नै गाह्रो हुने अवस्था सिर्जना हुन लागेको अवस्थामा सरकारले संकट व्यवस्थापनमा ध्यान दिन नसकेको बताए ।
सरकारको सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्ने उनको भनाइ छ । बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राष्ट्रिय जीवनमा गम्भीर असर पारेको उनले बताए । उनकाअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ भने सर्वसाधारणको दैनिक जीवन झन् कठिन बन्दै गएको छ ।
उनले भने, “सरकारले राम्रो छनक ल्याएको छैन । जनताका दैनिक जीवनमा सहजीकरण गर्नको लागी कार्यक्रमहरु तत्कालै ल्याउनुपर्ने थियो । त्यसमा सरकार चुकिसकेको छ । अहिले मंहगी एकदमै चरमचुलीमा पुगेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सम्पुर्ण राष्ट्रिय जीवनमा नै प्रभाव पारिसकेको छ । निर्माणहरु सबै ठप्प हुने अवस्थामा पुगेको छ । जनताको दैनिक चुल्हो नबोल्ने अवस्थामा पुग्न लागेको छ । यस्तो अवस्थामा कसरी क्राईसिस म्यानेजमेन्ट गर्ने भन्ने कुरामा सरकार जानुपर्ने हो नी त ।”
उनले कृषिको मुख्य सिजन शुरु हुन लागेकोले मलको अभाव समाधान गर्न ध्यान दिन पनि सरकारलाई सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्