काठमाडौँ । अनलाइनमार्फत विदेशी मुद्रा आर्जन गर्ने नेपालीले सुचना प्रविधि खरिद गर्न वार्षिक २५ हजार डलर बराबर सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०८१ लाई संलग्न बमोजिम संशोधन परिमार्जन थप गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।
अनलाइनमार्फत विदेशी मुद्रा आय आर्जन गर्ने नेपाली नागरिकले सूचना प्रविधी सेवा खरिद गर्न वार्षिक अधिकतम अमेरिकी डलर २५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा सम्म बैंकिङ्ग उपकरण मार्पmत भुक्तानी गर्न सक्ने भएका छन् ।
विदेशी संस्थाबाट लिइएको सेवा पुष्टि हुने आवश्यक कागजातको आधारमा सम्बन्धित संस्थालाई भुक्तानी गर्नु पर्ने परिवत्र्य विदेशी मुद्रा भुकतानी गर्न पाउने भएका हुन् ।
आफ्नो तथा आफ्नो सिस्टर कन्र्सनको लागि विदेशी संस्थाबाट लिने विविध सेवा, अदृश्य आयात लिए÷गरेको पुष्टि हुने कागजात÷बिल बीजकको आधारमा मासिकरुपमा बढीमा अमेरिकी डलर २५ हजार वा सो बराबर हुने रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्न सकिनेछ ।
तर, नेपाली विश्वविद्यालयले लिने सेवाको हकमा विदेशी प्राकृतिक व्यक्ति (शोधकर्ता÷प्राध्यापन पेशाकर्मी) लाई समेत भुक्तानी गर्न सकिनेछ र त्यस्तो भुक्तानीको सीमा वार्षिक अमेरिकी डलर ५० हजारसम्म पाइने छ ।
साथै, विदेशी मुद्रा आय आर्जन गर्ने सूचना प्रविधि उद्योग÷व्यवसायलाई अनलाइनमार्फत सफ्टवेयर लगायतका सूचना प्रविधीसँग सम्बन्धित सेवा खरिद गर्ने प्रयोजनको लागि मात्र वार्षिक अधिकतम अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य विदेशी मुद्रा भुक्तानी गर्न सक्ने जनााइएको छ ।


प्रतिक्रिया दिनुहोस्