श्री एयरलाइन्सलाई अन्तराष्ट्रिय उडानका लागि अनुमति


काठमाडौँ । श्री एयरलाइन्सले अन्तराष्ट्रिय उडानका लागि अनुमति पाएको छ ।

भारतको नयाँ दिल्ली र कोलकाता उडानको तयारी गरिरहेको श्री एयरलाइन्सले अनुमति पाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आफूहरूले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अनुमति पाएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

भारतबाट अनुमति प्राप्त भएको तीन महिनाभित्र नियमित उडान सुरु गर्ने प्रवक्ता मानन्धरको भनाई छ ।

श्री एयरलाइन्सले ८० सिट क्षमताको बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाजमार्फत उडान गर्ने योजना बनाएको उनको भनाई छ ।

दिल्ली उडानका लागि अनुमति प्राप्त भएमा बजेट एयरलाइन्सको रूपमा दैनिक सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको एयरलाइन्सले जनाएको छ ।