२२ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य २ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९८ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९६ हजार ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले घटेर ४ हजार ९४५ रूपैयाँ कायम भएको छ ।