काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्यतको टुङ्गो लागेको छ ।
मङ्गलबार निर्वाचनपछि भएको मतगणनामा तेस्रो कार्यकालका लागि निर्वाचित हुँदा अरनिको राजभण्डारीले सबैभन्दा बढी ७० मत प्राप्त गरेका छन् ।
अन्तिम ४ जनाको मत बराबर भएपछि आधाआधा कार्यकाल जिम्मेवारी सम्हाल्ने भएका छन् ।
महिला सदस्यमा कमला श्रेष्ठलाई हराउँदै सुनिता सुनिता न्हेम्हाफुकी निर्वाचित भएकी छन् ।
अन्य सदस्यता विदुर धमला ६८, सागर ढकाल ६८, रविन पुरी ६६, राजकुमार कार्की ६३, पशुपतीदेव पाण्डे ६२,लिलेन्द्रप्रसाद प्रधान ६२, भक्तबहादुर हमाल ५६, नानीराज घिमिरे ५२ मत ल्याएर विजयी भएका छन् ।
यस्तै सङ्घर्ष विष्ट ५१, होमप्रसाद घिमिरे ५१, निराजन चलाउने ५०, रघुनन्दन मारू ५०, विप्लव अधिकारी ५० र सुरज वणडजाँडले ५० मत ल्याएका छन् भने राजेश भक्त श्रेष्ठ र दुर्गा सुवेदीले ४९/४९ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्