बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९६ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १७५ रूपैयाँले बढेर ५ हजार ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।