काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रा.लि. कारबाहीमा परेका छन् ।
नेपाल बीमा प्राधिकरणले दुबै कम्पनीलाई कारबाही गरेको हो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५ (२) को विपरीत हुने कार्य गरेको प्राधिकरणले जनाएको छ ।
यस दफामा बीमा लेखको बीमाशुल्कमा कुनै प्रकारको छुट, रिहायत,कटौति वा सहुलियत दिन नपाईने व्यवस्था छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भने यो व्यवस्थाको उङ्घन गरेको प्राधिकरणले उल्लेख गरेको छ ।
पहिलो पटक भएकाले दुईलाख रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।
यस्तै लर्ड बुद्धले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका,२०७८ को उपदफा(१) र (२) व्यवस्था पालना नगरेकाले पहिलो पटकका लागि पाँच हजार रुपैयाँ जरिवाना गरिएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्