काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार एनआरएन इन्फ्राष्ट्रक्चरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड ६८ लाख ३३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १२.१९ प्रतिशतले बढेको छ ।
फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.२४ प्रतिशतले घटेको छ ।
कुल ३३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्