सल्यानमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु


दाङ । सल्यानमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा चालक शारदा नगरपालिका – १३ का २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले जानकारी दिए ।

भानुभक्त माध्यामिक विद्यालय दमाचौरका लागि निर्माण सामाग्री बोकेर श्रीनगरबाट जाँदै गरेको भे. १ त. २०९० नम्बरको ट्रयाक्टर बिहान ७ बजेतिर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।

सल्यानमा हिजोे दिउँसो भएको अर्को ट्रयाक्टर दुर्घटनामा दार्मा गाउँपालिका–२ का १७ वर्षीय चालक प्रदीप विकको पनि घटनास्थलमै मृत्यु भएको थियो ।