काठमाडौँ । यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशित भएको छ ।
राष्ट्रीय परीक्षा बोर्डले आज बेलुकी नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजाअनुसार ३.६० देखि ४ जिपिए ल्याउने ४८ हजार ३ सय ९२ जना छन् भने ३.२० देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ८० हजार ३ सय ७२ छ ।
यस्तै २.८० देखि ३.२० जिपिए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २ सय २२ छ ।
२.४० देखि २.८० जिपिए ल्याउने विद्यार्थीकाे संख्या ५५ हजार ९ सय ७७, २.०० देखि २.४० जिपिए ल्याउनेकाे संख्या ५ हजार १ सय ९० छ । यस्तै १.६० देखि २.०० जिपिए ल्याउने विद्यार्थीकाे संख्या ७ छ भने ननग्रेडिङको संख्या १ लाख ४६ हजार ५ सय ७ रहेकाे छ । बाेर्डले यसपटक २९ दिनमै नतिजा सार्वजनिक गरेकाे हाे ।



प्रतिक्रिया दिनुहोस्