काठमाडाैँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छिन ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले यस्तो आरोप लगाएकी हुन् । सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै पहिले सनेर त्यसपछि मात्र थुन्न आग्रह गरिन् ।
उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै पुरानै कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी पनि गरिन् । उनले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि बताइन् ।
उनले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पूर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताइन्। सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्