काठमाडौँ । इरानले वार्ताबाट नजिता ननिस्किए अमेरिकासँग प्रत्यक्ष सैन्य द्वन्द्व पुन : सुरु गर्न तयार रहेको बताएको छ ।
परराष्ट्र मन्त्री अब्बास अराघचीले वार्तामार्फत नतिजा नआए अमेरिकासँग प्रत्यक्ष सैन्य द्वन्द्व पुनः सुरु गर्न अझै तयार रहेको बताएका हुन् ।
आन्तरिक र अन्तर्राष्ट्रिय समूह मुकदर्शक बनेकोप्रति लक्षित गर्दै परराष्ट्र मन्त्री अराघचीले अमेरिका–इजरायलसँगको युद्धले विभिन्न क्षेत्रका साथै अमेरिकी घरपरिवारहरूमा समेत प्रभाव पारिरहेको बताएका छन् ।
फेब्रुअरी २८ देखि सुरु भएको युद्वका कारण अमेरिकी ऊर्जा र मुद्रास्फीति लागतहरू उल्लेखनीय रूपमा बढेका छन्, जसले विश्वव्यापी तेल तथा ग्यासको करिब पाँचौं हिस्सा आपूर्ति हुने स्ट्रेट अफ होरमुज बन्द भएको छ ।
“अमेरिकीहरूलाई भनिएको छ कि उनीहरूले इरानविरुद्धको युद्धको बढ्दो लागत सहनुपर्छ,” अराघचीले एक्समा भनेका छन् ।
इरान र अमेरिका दीर्घकालीन शान्ति सम्झौतामा पुग्न प्रयासरत रहेका बेला इरानकाे यस्ताे प्रतिक्रिया आएकाे हाे । पाकिस्तानको मध्यस्थतामा भएका वार्ता स्थगित अवस्थामै छ।
इरानका परराष्ट्र मन्त्री अराघचीले शुक्रबारमात्रै तेहरानले वाशिङ्टनबाट वार्ता पुनः सुरु गर्ने इच्छा गरेकाे संकेतहरू प्राप्त गरेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्