अमेरिकी डलरको भाउ बढ्याे


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आज अमेरिकी डलरको भाउ बढेर अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा भएको छ । हिजो एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा थियो ।

यस्तै युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा, विनिमयदर निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०० पैसा र बिक्रीदर ४१ रुपैयाँ, १६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा तय गरिएको राष्ट्र बैँकले जनाएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १९ पैसा विनिमय दर निर्धारण गरिएको राष्ट्र बैँकले जनाएको छ ।