बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९४ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९५ हजार ३०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेर ५ हजार ८५ रूपैयाँ कायम भएको छ ।