काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आजदेखि औपचारिक रूपमा काम सुरु गर्दैछन् ।
हिजो संसदीय सुनुवाई, सपथ ग्रहण र पदभार ग्रहण गरेको नवनियुक्त प्रधानन्यायाधी शर्माको नेतृत्वमा सर्वोच्च अदालतमा काम सुरु हुने छ । शर्माले अब ६ वर्ष सर्वोच्च अदालतको जिम्मेवारी सम्हाल्ने छन् ।
शर्माले हिजो बेलुकी नै पदभार ग्रहण गर्दै न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् ।
पदभार ग्रहणपछि शर्माले भने,“न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन ।”
प्रधानन्यायाधीश शर्माले यस विषयमा कसैले कुनै शङ्का राख्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए ।
संवैधानिक परिषद्ले चौथो वरियताका डा. शर्मालाई प्रधानन्यायाधीमा सिफारिस गरेको थियो ।
वरिष्ठतम न्यायाधीस सपना प्रधान मल्लसँग टकराव बढ्न थालेपछि फास्ट ट्रयाकबाट संसदीय सुनुवाई, सपथ ग्रहण र पदभार ग्रहण गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्