विपक्षी दलहरुको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित


काठमाडाैँ । ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । 

बिहीबार प्रतिनिधि सभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेका थिए ।

प्रतिपक्ष दलहरुको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।