काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा ६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित भएका छन् ।
आज बसेको केन्द्रीय कार्यकारिणी समिति सदस्य बैठकले ६ जना केन्द्रीय कार्यकायरिणी समिति मनोनित गरेको हो ।
मनोनित हुनेमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान,नविन रिजाल, दर्शना श्रेष्ठ, सहारा श्रेष्ठ र गोकर्ण कार्की छ । एकजना भने मनाेनित गर्न बाँकी छ ।
महासङ्घमा सात जना केन्द्रीय कार्यकारिणी समिति सदस्य मनाेनित हुने वैधानिक व्यवस्था छ ।
महासङ्घको आजै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन हुने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्