काठमाडौँ । नेपालको अग्रणी डिजिटल प्लेटफर्म डिजिओले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप नेपालका लागि आधिकारिक प्रसारण साझेदारीका लागि सम्झौताको घोषणा गरेको छ ।
साफ महिला च्याम्पियनसिप -२०२६ जेठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुँदैछ ।
यसअघि डिजिओले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रसारण अधिकार प्राप्त गरेको थियो ।
“नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु हाम्रो लागि ठुलो उपलब्धि हो र यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा डिजिओमा उपलब्ध हुनेछ,” डिजिओका स्पोट्र्स हेड, बिपुल भट्टराईले भने ।



प्रतिक्रिया दिनुहोस्