काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारले खुल्ला प्रतिस्प्रधाका लागि भन्दै दर्खास्त आव्हान गरेको थियो ।
डंगोल जेनजी आन्दोलनपछि बनेको सुशील कार्की नेतृत्वको सरकारले केही समय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्