आजका लागि विदेशी मुद्राको विनिमय दर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर १५२ दशमलव ६८ छ भने युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५,अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर रु १०९ दशमलव ४६ छ ।

यस्तै जापानी येन १० को खरिददर रु नौ दशमलव ५७ र बिक्रीदर रु नौ दशमलव ६१, चिनियाँ युआन एकको खरिददर रु २२ दशमलव ४२ र बिक्रीदर रु २२ दशमलव ५० तथा साउदी अरेबियन रियाल एकको खरिददर रु ४० दशमलव ५३ र बिक्रीदर रु ४० दशमलव ६९, कतारी रियाल एकको खरिददर रु ४१ दशमलव ७२ र बिक्रीदर रु ४१ दशमलव ८८, मलेसियन रिङ्गिट एकको खरिददर रु ३८ दशमलव ४८ र बिक्रीदर रु ३८ दशमलव ६३ विनिमय दर तोकिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर रु ४९५ दशमलव ८६ र बिक्रीदर रु ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर रु ४०३ दशमलव ४० र बिक्रीदर रु ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५ दशमलव ०१ र बिक्रीदर रु ३९६ दशमलव ५७ विनिमयदर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।