काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२/२०८३ पेश गरेको छ ।
बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गरेका हुन्। सभामा आर्थिक सवेक्षण पेस गर्दै उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको बताए ।
उनले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको बताए ।
प्रदेशगत रुपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
उनले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रु ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्