सङ्घीय सरकारको बजेट आज


काठमाडौँ । सङ्घीय सरकारको बजेट आज सार्वजनिक हुँदैछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४को बजेट प्रस्तुत गर्दै छन् ।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलोपटक बजेट ल्याउन लागेको हो ।

नेपालको संविधान २०७२ जारीपछि हरेक वर्ष जेठ १५ गते गते बजेट सार्वजनिक हुने गरेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोके पनि केही ठुलो आकारमा बजेट ल्याउने सरकारको तयारी छ ।

सङ्घीय सरकारका बजेटपछि प्रदेश सरकार र स्थानीय सरकारले बजेट ल्याउने छन् । यसपटकको बजेटलाई चासोका साथ हेरिएको छ ।