काठमाडौँ । सरकारले आगामी एक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । त्यस्तै वाग्लेले एक वर्ष भित्र २ सय सडक पुल निर्माण गरिने बताए।
पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने जानकारी दिँदै अर्थमन्त्री वाग्लेले यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने घोषणा गरे । ।
अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने भन्दै वाग्लेले उक्त राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्