सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन


काठमाडौँ । सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले नेपाललाई सडक बालबालिका मुक्त घोषणा गर्ने बताए । सामाजिक विकृतिको अन्त्यका लागि तीन तहका सरकारबिच समन्वय गरिने तथा बाल सुधार गृहको सुधार गरिने उनले बताए ।