काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्यान्ह नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो । सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा छिन् ।
सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन । उनको यस भ्रमणले दुई देशबिचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्