कानुनअनुसार गाडी आयात गरिएकाे हाेः साइमेक्स इंक


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन भित्रिएकाे भन्दै आएकाे समाचारप्रति साइमेक्स इंकले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

नेपालमा बिवाइडीका सवारीसाधनको आधिकारिक वितरकका रूपमा साइमेक्स इंक रहेकाे छ ।

साइमेक्स इंकले सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएकाे जनाएकाे छ ।

कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट साइमेक्स इंकले लाभ नलिएको र त्यस्तो व्यवस्थाका लागि अनुरोध नगरेको उल्लेख गरेकाे छ ।

कम्पनीका अनुसार ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न सवारी साधन आयात गरिएकाे हुन्। बिवाइडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर आयात गरेकाे जनाएकाे छ।

सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको कम्पनीकाे दाबी छ ।

साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालकाे रहेकाे जनाएकाे छ ।

कम्पनीले आयातसम्बन्धी सम्पूर्ण गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिने उल्लेख गरेकाे छ ।

साइमेक्स इंक कुनै पनि वैधानिक अनुसन्धान वा छानबिन गर्नकाे लागि लाई स्वागत गरेकाे छ । सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको कम्पनीले जनाएकाे छ ।

सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा सार्वजनिक भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा अनुचित क्षति पु-याउने खालका आरोप वा सामग्री प्रकाशन नगर्न साइमेक्स इंकले अनुराेध गरेकाे छ ।

कम्पनीका अनुसार नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायातको पहुँच विस्तार गर्न इलेक्ट्रिक मोबिलिटी सेक्टरले महत्वपूर्ण योगदान पु-याउँदै आएको छ।

साइमेक्स इंकले धेरै वर्षदेखि नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रूपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रूपमा योगदान दिँदै आएको जनाएकाे छ। इमान्दारिता, कानुनको पालना, पारदर्शिता तथा जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध रहेकाे जनाउँदै कम्पनीले आयातित गाडीकाे संख्या, माेडेल, आयात मिति लगायतका विवरण पनि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेकाे छ ।

Korala Customs, Mustang
China Export Custom Declaration DateChina Export Clearance NumberVehicleUnitNepal Import DateNepal Import Clearance NumberVehicleUnits
22-May190ATTO 24026-May236ATTO2100
22-May191ATTO 11126-May235ATTO 2100
23-May195ATTO 13026-May233ATTO2100
23-May196ATTO 24026-May237ATTO2100
23-May197ATTO 24026-May240ATTO175
24-May198ATTO 12027-May247ATTO240
24-May200ATTO 24027-May245ATTO175
24-May199ATTO 13027-May250ATTO135
25-May205ATTO 23027-May249ATTO 124
25-May206ATTO 230   649
25-May207ATTO 220
25-May208ATTO 230
25-May203ATTO 230
25-May202ATTO 240
25-May201ATTO 130
25-May209ATTO 230
25-May204ATTO 230
26-May211ATTO 240
26-May210ATTO 129
27-May212ATTO 159
   649
Rasuwa Customs
China Export Custom Declaration DateChina Export Clearance NumberVehicleUnitNepal Import DateNepal Import Clearance NumberVehicleUnits
6-May361Atto 12518-May5401ATTO120
7-May364Atto 12518-May5400ATTO130
11-May3925Sealion 71518-May5309SEALION 715
14-May4075Atto 24620-May5679SEALION 720
14-May4074Atto 22821-May5733ATTO2100
14-May4073Atto 22622-May5677ATTO2100
15-May4111Atto 24426-May5998ATTO250
18-May4166Atto 3226-May5955ATTO117
18-May4139Atto 29227-May6127SEALION 735
18-May4138Atto 21427-May6118ATTO123
18-May4163Sealion 72027-May6114ATTO160
20-May4262Atto 12427-May5999ATTO32
25-May4397Sealion 710TOTAL472
25-May4399Atto 124
25-May4395Sealion 725
25-May4398Atto 124
25-May4402Atto 128
TOTAL472

कम्पनीका अनुसार यसका अतिरिक्त, २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन।