काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ ।
बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवद्र्धन तथा वातावरणीय सुधारमा टेवा पु¥याउने, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
साथै, हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई भविष्यमा दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्