तोलामा ८ हजार २०० रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ८ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ९ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३३५ रूपैयाँले घटेर ४ हजार ८९५ रूपैयाँ कायम भएको छ ।