घट्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९९ हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ४ हजार ९०५ रूपैयाँ कायम भएको छ ।