काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा १० हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९१ हजार ८०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १८५ रूपैयाँले घटेर ४ हजार ७४० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्