काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल(इप्पान) पूर्वअध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोल्न माग गरेका छन् ।
इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई समावेश गर्नु पर्ने माग गरेका हुन्र ।
“सरकारले जसरी निजी क्षेत्रलाई उत्पादनमा खुला गर्यो,” उनले भने, “विद्युत व्यापार र वितरणमा पनि खोलिदिनु पर्यो। उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छ।”
एकद्वार प्रणाली तत्काल लागु गर्नु पनि उनलेे सुझाए। ऊर्जा क्षेत्रको बाधक बन भएको भन्दै त्यसमा पनि सहज गर्न आग्रह गरेका छन्।
आरसिओडी थप गर्दा कसलाई के घाटा हुन्छ ? भन्ने प्रश्न गर्दै आचार्यले सरकारकै कारण ढिला भएका आयोजनाको आरसीओडी एकमुष्ट रूपमा थप हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्