काठमाडाैँ । सरकारले संविधान संशाेधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले २०८३ असार मसान्तसम्म कार्यदलकाे म्याद थप गर्ने निर्णय गरेकाे हाे ।
सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेकाे छ ।
यस्तै, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयलाई निर्देशन दिने भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस्