काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९३ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९८ हजार २०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १२० रूपैयाँले बढेर ५ हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्