२०२५ मा ९ हजार शंकास्पद कारोबार रिर्पोट भए


काठमाडौँ । २०२५ जनवरी देखि डिसेम्बरसम्म ८ हजार ९२० शंकास्पद कारोबार रिर्पोट (एसटिआर) भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी वाणिज्य बैंकको ६ हजार ६५८ शंकास्पद कारोबार रिर्पोट भएका हुन् ।

विकास बैंकका ७६०, फाइनान्स कम्पनीका २८८, स्टक ब्रोकरका ४४१, बिमा कम्पनीका ३२२, भुक्तानी सेवा प्रदायकका २२८, रेमिट्यान्स कम्पनीका ११४ शंकास्पद कारोबार रिर्पोट भएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा २२ लाख ३८ हजार ७५५ थ्रेसहोल्ड ट्रान्जाक्सन रिपोर्ट भएको छ । जसमा नगदका ७ लाख ९० हजार ३६७, क्रस बोर्डर २ लाख ७३ हजार ९२९ र विदेशी मुदा विनिमयका २२ हजार १८७ थ्रेसहोल्ड ट्रान्जाक्सन रिर्पोट भएका हुन् ।