काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ८५ लाख ६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.९४६ प्रतिशतले घटेको छ ।
कुल ३५० कम्पनीको एक करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्