राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ


काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। सोही क्रममा अर्याल पनि पक्राउ परेको स्रोतले जनायो ।

यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालेको हो।
यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिएका छन् ।