काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९७ हजार ३०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ४ हजार ९८० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्