काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलर घटेको छ ।
हिजो एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा रहेको अमेरिकी डलर आज एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै,युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा छ । हिजो युरोको भाउ एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा थियो ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा,युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०३ रुपैयाँ १७ पैसा,स्वीस फ्र्यांक एकको खरिददर १९० रुपैयाँ ३७ पैसा र बिक्रीदर १९१ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३३ पैसा र बिक्रीदर २२ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा छ ।
यस्तै युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १० पैसा र बिक्रीदर ४१ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ ।
यस्तै कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ६५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्