साढे १० हजार रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १० हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९७ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३०५ रूपैयाँले घटेर ४ हजार ६४० रूपैयाँ कायम भएको छ ।