कर्जा दुरुपयोग गर्ने कार्की १३ वर्षपछि पक्राउ


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ् कसूर मुद्दाकी फरार अभियुक्त सविता कार्कीलाई १३ वर्षपछि पक्राउ गरेको छ ।

कार्की संचालक रहेको चारित्रिक विल्डर्स प्रा.लि.को नाममा कम्पनी दर्ता गरी नक्कली कागजात बनाएर हाउजिङ् तथा निर्माण गर्न भन्दै कृत्रिम व्यावसाय रपरियोजना खडा गरेर क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडबाट कर्जा लिएर दुरुपयोग गरेको आरोप लगाइएको छ ।

फाइनान्सका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर कर्जा लिएर उक्त कर्जा रकम उक्त परियोजनामा लगानी नगरी कर्जाको दुरुपयोग गरेको भन्दै नेपाल राष्ट्र बैंकको जाहेरी दिएकाे थियाे ।

२०७१ वैशाख २९ गतेको साविक पुनरावेदन अदालत पाटनको फैसलाले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्ने कार्कीलाई ३ बर्ष कैद र ८ करोड ५० लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

उक्त सजाय बेरुजू भई फरार रहेकी काकीलाई मंगलबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।